Shikhar Insurance

एक सेकेन्डमा ३० वटा नोट चिन्ने प्रणाली पौने १४ करोडमा किन्दै राष्ट्र बैंक

स्थापना गरिदिने जिम्मा बेलायती कम्पनीलाई, नक्कली/सक्कली र पुराना/नयाँ नोट छुट्याउने
सिंहदरबार संवाददाता
२०७७ चैत्र २६, बिहीबार १२:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नोट परिक्षण मेसिनमार्फत् गरिने भएको छ । केन्द्रिय बैंकले मुद्रा व्यवस्थापन विभागमा नक्कली र सक्कली, पुराना र नयाँ, काम लाग्ने र नलाग्ने नोट छुट्याउने किन्न लागेको हो ।

मेसिन र प्रणाली स्थापनाका लागि संयुक्त अधिराज्यको एम/एस क्यास प्रोसेसिङ सोल्युसन्स लिमिटेडलाई आशयपत्र जारी गरिएको छ । कम्पनीले ११ लाख ५८ हजार २ सय ९९ अमेरिकी डलर (बिहीबारको विनियमदर १ सय १९ रूपैयाँ अनुसार पौने १४ करोड)मा प्रणाली स्थापना गर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मुद्रा व्यवस्थापन विभागमा स्थापना हुने प्रणालीले एक सेकेन्डमा ३० नोट पहिचान गर्नेछ । मेसिनले नक्कली नोट, चलनचल्तीका नोट र जलाउने नोट छुट्याउनेछ ।

बेलायती कम्पनीले सबैभन्दा कम मूल्य बोलकबोल गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्