Shikhar Insurance

बससेवाको अनलाइन बस टिकट अब भाइबरबाट पनि काट्न सकिने

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १७:३८
NIMB
Nabil Bank

काठमाडौं । बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो ।

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्दृेशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स्मार्फत नेपालका कुनैप नि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पीआर खनालले भने, ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्