Shikhar Insurance

रियलमी ११ एक्स फाइभ जी र रियलमी ११ फाइभ जी सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागी युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफूलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंं दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले भने, “हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौं । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ ।

यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् । यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौं । नेपाली युवा ग्राहकहरुले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

रियलमी ११ एक्स फाइभ जिका मुख्य फिचरहरुः
रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको ६एनएम डाइमेन्सिटी ६१००+क्यऋ पावरफुल चिपसेट रहेको छ । डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५० प्रतशितसम्म ब्याट्री चार्ज हुन्छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । २ह इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागसिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।

५००० एमएएचको शक्तिशाली ब्याट्री राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ । ६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी+ आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्छ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ । अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि छन् ।

रियलमी ११ फाइभ जिका मुख्य फिचरहरुः
रियलमी ११ फाइभ जिमा मिडियाटेकको डाइमेनसिटी ६एनएम ६१००+ को पावरफुल चिपसेट रहेको छ जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जीबी र्यामलाई डाइनामिक र्याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जीबीसम्म बढाउन मिल्छ। ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । १०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच रहेको छ । यसको मूल्य ८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जीको .२९ हजार ९ सय ९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मूल्य ३९ हजार ९ सय ९९ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्