Shikhar Insurance

कर्जाको ब्याजदर ३.०७ प्रतिशतले घट्यो, निक्षेपको कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३०, सोमबार १९:२१
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाहक गर्ने कर्जाको ब्याजदर ३ प्रतिशतभन्दा बढीले घटेको छ । गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तमा कायम कर्जाको ब्याजदर ३.०७ प्रतिशतले घटेको हो ।

२०७७ फागुनमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदर ८.७३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ११.८० प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा निक्षेपको ब्याजदर २.०१ प्रतिशतले घटेको छ । गत वर्षको फागुनमा निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत रहेकामा चालु आवको फागुनमा ४.७६ प्रतिशतम ओर्लिएको छ । केन्द्रिय बैंकका अनुसार २०७६ फागुनमा औसत आधार दर ९.४५ प्रतिशत रहेकोमा २०७७ फागुनमा ६.८४ प्रतिशत कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्