Shikhar Insurance

दोहोरो अंकले बढेको बजारमा २ कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो दुई कारोबारको दिनमा घटेको सेयर बजार मंगलबार भने दोहोरो अंकले बढेर बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक बढेसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन मेन्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरीङ्ग हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, शुभम् पावरको ९.९९ प्रतिशत, मोलुङ्ग हाइड्रोपावरको ९.९६ प्रतिशत, स्वभिमान लघुवित्तको ९.९३ प्रतिशत र घलेम्दि हाइड्रोको ९.६३ प्रतिशत सेयर मूल्य बढेको छ । अन्य कम्पनीकाे सेयर मूल्य ७.९६ प्रतिशत भन्दा कमले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, कारोबारमा आएको हिमालयन लघुवित्तको सेयर मूल्य ५.८७ प्रतिशत र थिस्टार हाइड्रोपावर कम्पनीको ५.५७ प्रतिशतले घटेको छ । यसदिन कारोबार भएको मध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ । ३९ कम्पनीकाे घटेको छ भने, ३ कम्पनीकाे सेयर मूल्य स्थिर छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १८.४५ अंक बढेर २,०२२.९१ को विन्दुमा पुगेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेनसेटिभ इण्डेक्स पनि २.५६ अंक बढेर ३८६.२४ को विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारको दिन १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यसदिन २८६ कम्पनीको ७८ हजार ६१६ पटकको कारोबारमा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमको आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १३ लाख, शिवम् सिमेन्टको ६ करोड ९८ लाख र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्