Shikhar Insurance

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन १८, बिहीबार १२:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबार (असोज १७ गते) पहाडी प्रबन्ध निर्देशक नियुक्त भएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको नियुक्तपत्रमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि कम्पनीका प्रबन्ध निर्देशक रहेका सुनिल पौडेल निलम्बनमा परेका छन् । अब अदालतबाट फैसला नआइन्जेल टेलिकमको नेतृत्व पहाडीले गर्नेछिन् ।

पहाडी टेलिकमको प्रमुख प्राविधिक अधिकृत (नायव प्रबन्ध निर्देशक) थिइन् । भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ (टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१ मा स्थायी नियुक्ति लिएकी थिइन् । उनी १८ माघ २०७८ मा नायव प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्

GBIME

प्रतिक्रिया दिनुहोस्