Shikhar Insurance

३५ अंकले घट्यो सेयर बजार, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १५:२८
NIMB
Nabil Bank

काठमाडाैंं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबारको दिन ११ अंक घटेर बन्द भएको बजारले सोहि क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार उच्च अंकले घटेको सेयर बजारमा लगानीकर्ताहरु शिवम् सिमेन्ट कम्पनीमा झुम्मिएका छन् । यसदिन सो कम्पनीकाे सर्वाधिक ६ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

तयसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्को ५ करोड ५७ लाख, नबील बैंकको ५ करोड ३४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख र एनआअइसी एशिया बैंकको ४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइ शीर्ष पाँच भित्र रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३५.६७ अंक घटेर १,९२१.२४ को विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५.७९ अंक घटेर ३६७.५७ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २८९ कम्पनीको ५९ हजार १७१ पटकको कारोबारमा १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार यसदिन बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.५९ प्रतिशतले बढेको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ९.४० प्रतिशतले बढेको छ भने, अन्य कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन लघुवित्त र गरिमा डिबेन्चस २०८५ को मूल्य १० प्रतिशतले घटेको हो ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्