Shikhar Insurance

अर्थतन्त्रमाथि मेजर अप्रेसन गर्न छुट्टै संरचना खडा गर्दैछौंः प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८० आश्विन २७, शनिबार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि छुट्टै संरचना खडा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । चितवनस्तिर भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र अर्थतन्त्रमा मेजर अप्रेसन गर्न छुट्टै संरचना खडा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको जानकारी पनि दिइ । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उनले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गरका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताए । उनले भने, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।”

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।”

उनले भने, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।” रासस

प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसियो, विदेशबाटै जंगिदै अर्थमन्त्रीको फोन

GBIME

प्रतिक्रिया दिनुहोस्