Shikhar Insurance

प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध चिसियो, विदेशबाटै जंगिदै अर्थमन्त्रीको फोन

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाश शरण महतको सम्बन्धमा दरार आएको छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको तयारी र अर्थ र गृहमन्त्री हटाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको तथ्य उजागर भएको हो ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले अर्थमन्त्रीसँगको सम्बन्ध बिग्रिएको संकेत गरेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघले बिहिबार राजधानीमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आयोगबारे अर्थमन्त्रीले असन्तुष्टि जनाएको तथ्य प्रचण्डले नै उजागर गरिदिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मोरोक्को भ्रमणमा रहेका बेला आफुलाई बाइपास गरेर अर्थतन्त्र सुधारका लागि उच्चस्तरिय आयोग गठन तयारी गरेको भन्दै अर्थमन्त्रीले फोनै गरेर प्रधानमन्त्रीसँग असन्तुष्ठि पोखेका हुन् । ‘त्यो कुरा भएको एक घण्टापछि अर्थमन्त्रीज्युका फोन आयो मलाई, यस्तो–यस्तो कुरा सुनेँ, के हो ? भन्नुभयो ।’, प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीसँगको संवाद उदृत गर्दै भने–‘भएको त केहि पनि छैन, हामीले सल्लाह गर्दै आएका छौं । एक बर्षदेखि अर्थतन्त्र सुधारका लागि प्रयास गर्दै आएका छौं, उहाँहरुले सुझाव ल्याउनु भएको छ, त्यो सुझावलाई हामीले सकारात्मक रुपले लिन्छौं, आजै निर्णय गर्ने कुरा पनि होइन, तपाई नआई, अर्थमन्त्री, अर्थसचिव नभई राम्रोसँग सल्लाह नगरी केहि निर्णय त गरिदैँन तर हामी जुन समस्याको समाधानका लागि सबै मिलेर एउटा यस्तो संयन्त्र आवश्यक छ, जसको सुझावका बलमा समस्याको समाधान गर्न सकौं भनेर मैले उहाँलाई भने ।’

अर्थमन्त्रीले आयोग गठनबारे आफु सकारात्मक रहेको प्रतिक्रिया दिएको दावी पनि प्रधानमन्त्री प्रचण्डले गरेका छन् । ‘उहाँले पनि ठिक छ भन्नु भएको छ । उहाँ आउँदै हुनुहुन्छ, हामी सल्लाह गर्दै गर्छाै ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले बैधानिक मान्यतासहितको उच्चस्तरिय आयोगबाटै अर्थतन्त्र सुधारको काम प्रारम्भ हुने घोषणा पनि गरे । सोही संयन्त्र मार्फत अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नीजि क्षेत्रले पनि सक्रिय सहभागीता जनाउन पाउने उनले बताए ।

‘यस्तो कुनै संयन्त्र जसमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्र र विज्ञहरु सम्मिलित आयोग हुनेछ, त्यसले अर्थतन्त्रबारे वृहत छलफल र अन्तरक्रिया गरेर समाधानका उपाय निकाल्नेछ, त्यस्तो उपायको कार्यान्वयनका लागि कानुन आधार पनि तयार हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाबीच गृह र अर्थसहितका मन्त्रीलाई फिर्ता बोलाउने समझदारी बनेको बताइन्छ । एकिकृत समाजवादी पार्टीले पनि आफ्ना मन्त्री हेरफेरको तयारी गरिसकेको छ ।

अर्थतन्त्र सुधारको मुख्य जिम्मा पाएका अर्थमन्त्रीको कार्य सम्पानमाथि सर्वत्र आलोचना हुँदै आएको छ । निजी क्षेत्रको मनोबल गिराएको, बैंकहरुलाई सरकार विरुद्ध मुद्धा लड्न सर्वाेच्च अदालत जान बाध्य बनाएको, राजश्व संकलनमा कुनै सुधार ल्याउन नसकेको, विकास खर्च बढाउन भूमिका खेल्न नसकेको, अर्थमन्त्रालय प्रशासनलाई अस्तव्यक्त बनाएको जस्ता आरोप अर्थमन्त्री माथि लागिरहेको छ ।

अर्थमन्त्रीको ‘परफरमेन्स’बारे शेरबहादुर देउवाको सोधीखोजी, कोर टिमले नै छाड्यो डा. महतको साथ

 

अर्थमन्त्री बन्ने दौडमा वर्षमान, जनार्दनदेखि गगन, विनोदसम्म, कसले मार्ला बाजी ?

 

अर्थ र गृहमन्त्री फेर्न चौतर्फी दबाव, ‘सुन तस्करी जाँचबुझ आयोग’को अस्त्र प्रयोग हुँदै

GBIME

प्रतिक्रिया दिनुहोस्