Shikhar Insurance

पोते बेच्नेले १ करोडभन्दा बढीको कर छलेको खुलासा, व्यापारी र भन्सार एजेन्टविरूद्ध मुद्दा

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार १७:१२
NIMB
Nabil Bank

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ करोड रूपैयाँभन्दा बढी भन्सार राजस्व चुहावट गर्ने पोते व्यापारी र भन्सार एजेन्टविरूद्ध मुद्दा हालेको छ । जय पशुपति इम्पेक्सकी सञ्चालक रेखादेवी दास समेत ५ जनाले १ करोड १३ लाख ५ हनार ५ सय १४ रूपैयाँ राजस्व चुहावट गरेको पाइएको हो ।

उनीहरू विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दासले भन्सार एजेन्टका प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठसँग मिलेमतो गरेर भन्सार छलेका हुन् । भारतीय ट्रकमा शिशाको खाली बोतल लोड गरी सो बोतलमाथि त्रिपालले छोपी पोते ल्याइएको हो । जसको भन्सार तिरेको निस्सा तथा कागजात माग गर्दा पेश गर्न उनीहरूले नकसेका हुन् । उनीहरूले ११ लाख ३५ हजार भन्सार, ४६ लाख ७३ हजार मुअ कर र ५४ लाख ९६ हजार रूपैयाँ आयकर छली गरेको अनुसन्धानबाट खुलेको छ ।

विभागले फर्म सञ्चालक दाससमेत मुख्य कारोवारी विकास लाल दास, गाडी चालकद्वय सुदिप श्रेष्ठ र राज कुमार तथा भन्सार प्रतिनिधि श्रेष्ठ विरूद्ध मुद्दा हालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्