Shikhar Insurance

गुम्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार १६:३५
NIMB
Nabil Bank

मलेखु । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धादिङबेंसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्