Shikhar Insurance

सानिमा सेक्युरिटीज लिमिटेडको कारोबार बिधिवत रूपमा सुरुवात

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १६:५८
NIMB
Nabil Bank

काठमाडाैं । सानिमा सेक्युरिटीज लिमिटेड ब्रोकर नम्बर ८३ ले असोज २९ गते सोमबारदेखि आफ्नो कारोबार बिधिवत रूपमा सुरुवात गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस सानिमा सेक्युरिटीज लिमिटेडका सञ्चालकहरुले संयुक्त रूपमा गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उद्घाटन् समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यरिटीजको विधिवत रूपमा कारोबार सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालका रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

यस सानिमा सेक्युरिटीज लिमिटेडले मिति साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र भदाै २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्