Shikhar Insurance

अधिकांश बैंकको ब्याजदर घटेसँगै दोहोरो अंकले बढ्यो सेयर बजार

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १५:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै यस दिन नेप्सेमा सुधार देखिएको हो।

मंगलबार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर प्रकाशित गरेका थिए। जसमध्ये अधिकांशले ब्याजदर घटाएका छन्। आज नेप्से परिसूचक १३.१८ अंकले बढेर १,८६४.६२ को बिन्दुमा कायम भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता सेयर ४५ हजार ४५६ पटक किनबेच हुँदा एक अर्ब ८४ लाख ३७ हजार ८ सय ६० बराबरको कारोबार भएको छ ।कारोबारमा आएको १७३ कम्पनकिो सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने, ७ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

यसदिन कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ०.२७, निर्जीवन बीमा समूह ०.५३ र व्यापार समूह १.२५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.३० र बैंकिङ समूहको उपसूचक १.१० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको एनआइबिएल प्रगति फन्डको सेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ८.५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा हाथवे इन्भेन्टमेन्ट नेपाल शीर्ष स्थानमा छ । कम्पनीको सबैभन्दा धेरै ४ करोड ६२ लाख ६९ हजार २४८ बराबरको एक लाख ५९ हजार ५ सय ४७ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, यस दिन सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्