Shikhar Insurance

पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच ‘गहिरो विश्वास’ को प्रशंसा

सिंहदरबार संवाददाता
२०८० कार्तिक १, बुधबार १५:३३
NIMB
Nabil Bank

बेइजिङ । बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले दुई मुलुकबीचको ‘आपसी राजनीतिक विश्वास’ निरन्तर गहिरो हुँदै गएको बताएका छन् ।

सरकारी समाचार समिति सिन्ह्वाका अनुसार राष्ट्रपति सिले ‘अन्तर्राष्ट्रिय निष्पक्षताको रक्षा’ र ‘न्याय’ का लागि चीन र रुसको संयुक्त प्रयासका लागि आग्रह गरे । उनले दुवै मुलुकबीचको ‘घनिष्ठ र प्रभावकारी रणनीतिक समन्वय’ को प्रशंसासमेत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

“द्विपक्षीय व्यापार ऐतिहासिक उचाइमा पुगेको छ, यो दुवै मुलुकले तय गरेको दुई खर्ब अमेरिकी डलरको लक्ष्यको दिशातिर अघि बढिरहेको छ”, उनले भने । राष्ट्रपति सिले पछिल्लो १० वर्षमा आफूले राष्ट्रपति पुटिनलाई ४२ पटक भेटेको पनि उल्लेख गरे । उनले आफूहरूबीच राम्रो सम्बन्ध र गहिरो मित्रताको विकास भएको बताए ।

चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।

चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा हुनुहुन्छ तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ । इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलन छायाँमा परेको छ । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्