Shikhar Insurance

कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार १०:१७
NIMB
Nabil Bank

बाँके। मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरेका हुन् ।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने बताए । उनले भने, “कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिकले आजबाट मालपोत र नापीको काम गराउन कागजपत्र बोकेर नेपालगञ्ज जान पर्दैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहजरुपले सेवा दिने विश्वास व्यक्त गरे। उनले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिए।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेदेखि नै नेपालगञ्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्य क्षेत्रमा पर्ने सबै वडाको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिए ।

उनले भने, “कोहलपुर कार्यक्षेत्र रहेका साविकका गाविसको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगञ्जबाट कोहलपुर ल्याइसकेका छौं । अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्य क्षेत्रभित्रका नागरिक नेपालगञ्ज जानुपर्दैन ।”

मालपोत कार्यालय कोहलपुरका लागि विभिन्न तहका ३३ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको कार्यालयले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगञ्ज जानुपर्ने अन्त्य भएको छ । दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजात नेपालगन्ज कार्यालयबाट लगिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्