Shikhar Insurance

नयाँ जहाज किन्ने निगमको निर्णयमा अर्थ मन्त्रालयको असहमति

सिंहदरबार संवाददाता
२०८० कार्तिक १४, मंगलवार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । नयाँ जहाज किन्ने नेपाल बायुसेवा निगमको निर्णयमा अर्थमन्त्रालयले असहमति जनाएको छ । निगम सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्य धनीराम शर्माले मन्त्रालयको तर्फबाट जहाज किन्ने निर्णयमा असहमति दर्ज गरेका हुन् । निगम सञ्चालक समितिको कात्तिक ३ गते बसेको बैठकले दुर्गम क्षेत्रमा उडान गर्ने गरि तीन वटा साना जहाज(स्टोल) खरिद गर्ने निर्णय गरेको थियो ।

सो निर्णयमा अर्थमन्त्रालयका प्रतिनिधी शर्माले नोट अफ डिसेन्ट लेखेका हुन् । निगमले आन्तरिक स्रोतबाट तीन वटा साना जहाज खरिद गर्न लागेको बताउँदै आएको छ । सञ्चालक समितिको निर्णय अनुसार निगमले कात्तिक ५ गते ४५ दिनको म्याद दिएर नयाँ जहाज खरिदका लागि प्रस्ताव आव्हान गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

‘निगमलाई व्यवसायीक हिसाबले चलाउनुपर्छ, व्यवस्थापन र संस्थागत संरचनाको पुनसंरचना गरिनुपर्छ भन्ने निष्कर्षसहितको बिभिन्न आयोगहरुका रिपोर्टहरु आएका छन । चालु आर्थिक बर्षको बजेट वक्तव्यमा पनि निगमको पुनसंरचना गर्ने भनिएको छ । यी कामहरु अघि बढेर मात्रै नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्नुपर्छ । अन्यथा पुरानै व्यवस्थापन र पुरानै ढंगले चल्ने गरि नयाँ जहाज किन्दा बायुसेवा निगममा फेरि घाटा थप्ने काम मात्रै हुन्छ । त्यसकारण पुनसंरचनाको काम अघि बढाऔं अनि जहाज किनौला भन्ने हो ।’ अर्थमन्त्रालयका सह सचिव समेत रहेका निगम सञ्चालक समिति सदस्य शर्माले सिंहदरबारसँग भने ।

वायुसेवा निगममा एमडी बनाउन ३ करोड घुसको अफर आयोः मन्त्री किराती


भाइरल मन्त्रीका रुपमा चिनिएका पर्यटन मन्त्री सुदन किराँतीले कार्यभार सम्हालेपछि लगातार नयाँ जहाज खरिद गर्ने भाषण गर्दै आएका थिए । करिब ९ महिना मन्त्रालयको कार्यभार सम्हालिसकेका मन्त्री किराँतीले हालसम्म निगम सुधारका लागि कुनै ठोस कदम चालेका छैनन् । सरकारले गठन गरेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री नेतृत्वको निगम सुधार सुझाव आयोगको प्रतिवेदन तयार भए मन्त्रीको दराजमा थन्किएको छ । पौनो चार सय पृष्ठ लामो प्रतिवेदनमा निगम सुधारका थुप्रै विकल्पहरु अघि सारिएका छन् ।

तर मन्त्री किराँतीले ति कुनै पनि सुझाव कार्यान्वयनका लागि चासो देखाएका छैनन् । कार्यभार सम्हालेदेखि मन्त्री किराँतीको ध्यान भने नयाँ जहाज किन्ने अभियानमै केन्द्रित रहँदै आएको छ । मन्त्रीको बनेको एक महिना नपुग्दै मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको अध्यक्ष फेर्न आफुलाई करोडौँ घुसको अफर आएको बताएका थिए । आफुलाई घुसको अफर गर्नेहरुको नालीबेली उपयुक्त समयमा सार्वजनकि गर्ने मन्त्रीले घोषणा गरेका थिए । तर अहिलेसम्म पनि मन्त्री किराँतीले घुस अफर गर्नेहरुको नाम भने सार्वजनिक गरेका छैनन् । निगमको एयर बसको इञ्जिन बिग्रिएर भाडाको इञ्जिनबाट उडान भरिरहेको छ ।

निगमको एयर बसको इञ्जिन बिग्रिएर भाडाको इञ्जिनबाट उडान भरिरहेको छ । अहिले निगमले पर्यटनमन्त्री किराँतीको निर्देशन अनुसार जहाज खरिदको प्रक्रिया अघि बढाएको बताउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्