Shikhar Insurance

नेप्से परिसूचकको ओरालो यात्रा जारी

सिंहदरबार संवाददाता
२०८० कार्तिक १६, बिहीबार १५:५९
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.८६ अंकले ओरालो लागेर १,८४७.७० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २.१९ अंकले ओरालो लागेर ३५७.७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता सेयर ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैंक ६ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स ४ करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल २ करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको २ करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।

नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलब शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलब ९६, सोल्टी होटल चार दशमलब ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलब ७२ प्रतिशतले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलब ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलब ९१, सामलिङ पावर चार दशमलब ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलब ७३ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्