Shikhar Insurance

‘नेप्से बुल ह्विस्की’को ट्रेडमार्क खारेज गर्न उद्योग बिभागलाई नेप्सेको पत्र

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार ११:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेप्से बुल ह्विस्कीको ट्रेडमार्क खारेज गर्न उद्योग विभागलाई पत्राचार गरेको छ । नेप्सेलाई नै दुरुपयोग गर्दै नेप्से बुल नामको ह्विस्की बजारमा आएपछि नेप्सेले कानुनी बाटो रोजेको हो ।
यस अघि नै नेप्सेले नेप्से बुल ह्विस्कीको उत्पादक कम्पनी सागर डिष्टिलरीलाई पत्रचार गरेर नेप्से बुल ह्विस्कीको उत्पादन रोक्न तथा बजारमा पुगेका उत्पादन फिर्ता गर्न भनेको थियो ।

तर सागर डिष्टिलरीले आफुसँग ट्रेडमार्क रहेको भन्दै पत्रको जवाफ दिएपछि नेप्सेले कानुनी बाटो रोज्ने निर्णय लिएको हो । ‘नेप्सेको नाममा निजी रक्सी उत्पादक कम्पनीले कसरी ट्रेड मार्क लियो ? हामी अचम्ममा परेका छौं, उद्योग विभागलाई पत्राचार गरेर त्यस्तो ट्रेडमार्क खारेज गर्न भनिसकेका छौं’, नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले सिंहदबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से बुल व्हिस्की विवादमा, ६० लाख लगानीकर्ताको सेन्टिमेन्टकाे दुरुपयोग, नेप्सेको आपत्ति

सेयर बजारका ठूला खेलाडीहरुमध्येमा गनिने सन्दिप जलान अध्यक्ष रहेको सागर डिष्टिलरी लिमिटेडले असोज १९ गतेदेखि नेप्से बुल नामको ह्विस्की बजारमा ल्याएको छ । सुरुमा नेप्सेले १५ दिनभित्र उत्पादन बन्द गर्न र बजारका ह्विस्की फिर्ता गर्न पत्राचार गरेको थियो । तर कम्पनीले उल्टै ट्रेडमार्क रहेको भन्दै अटेरी गरेपछि नेप्सेले अब कानुनी बाटो रोजेको कार्कीले स्पष्ट पारे ।

‘नेप्से जस्तो स्थापित ब्राण्डको ट्रेडमार्क रक्सी बनाउने कम्पनीले कसरी पायो ? कम्पनीले कसरी दावी गर्न सक्यो र उद्योग विभागले के आधारमा त्यस्तो अनुमति दियो ? हामी अचम्ममा परेका छौं, यसको पनि छानविन हुनुपर्ने देखियो’, नेप्सेका सीईओ कार्कीले सिंहदरबारसँग भने ।

‘नेप्से बुल ह्विस्की’बाट नेप्से हटाउन निर्देशन, अन्यथा कानुनी उपचार

कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरी लिमिटेडले भोड्का, रोयल ब्लु जस्ता व्हिस्की उत्पादन गरिरहेको छ । कम्पनीको उद्योग भने नवलपुरको देवचुलीमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले समेत नेप्से बुल ह्विस्कीको उत्पादन तथा बिक्रि वितरण प्रति आपत्ति जनाउँदै नेप्सेलाई पत्र लेखेको थियो । बोर्डले नेप्से बुलको उत्पादन तथा बिक्रि वितरण तत्काल रोक्ने प्रक्रिया अघि बढाउन नेप्सेलाई भनेको थियो ।
बोर्डका अध्यक्ष रमेश हमालले नेप्से बुलको उत्पादन तथा बिक्रि वितरणलाई हेरेर नबस्ने बताईसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्