Shikhar Insurance

‘नेप्से बुल ह्विस्की’बाट नेप्से हटाउन निर्देशन, अन्यथा कानुनी उपचार

सिंहदरबार संवाददाता
२०८० आश्विन २२, सोमबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)ले नेप्से बुल ह्विस्कीबाट नेप्से शब्द हटाउन निर्देशन दिएको छ । सेयर बजारका लगानीकर्ता सन्दीप जलान नेतृत्वको सागर डिष्टिलरी लिमिटेडले नेप्से बुल ह्विस्की सार्वजनिक गरेको थियो । सो ह्विस्कीले नेप्सेको नाम दुरुपयोग गरेको र सेयर बजारका लगानीकर्ताहरुमा गलत सन्देश गएको भन्दै नेप्सेले आफ्नो नाम हटाउन निर्देशन दिएको हो ।

‘हामीले १५ दिनभित्र ह्विस्कीबाट नेप्सेको नाम हटाउन निर्देशन दिएका छौं, तोकिएको समयमा नेप्से नाम नहटे हदैसम्मको कानुनी कारबाही हुनेछ’, नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले सिंहदरबारसँग भने । नेप्सेले सागर डिष्टिलरी लिमिटेडका नाममा १५ दिनभित्र ह्विस्कीबाट नेप्से नाम हटाउन सोमबार पत्राचार गरिसकेको छ । सागर डिष्टिलरीले असोज १९ गते शुक्रबार सेयर बजारका लगानीकर्ता, ब्रोकरलगायतका बाक्लो उपस्थितिमा नेप्से बुल नामको ह्वीस्की सार्वजनिक गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से बुल ह्विस्कीले नेप्सेको नाम दुरुपयोग गरेको भन्दै सिंहदरबारले समाचार प्रकाशित गरेको थियो ।https://www.singhadarbar.com/post/96179/ ह्वीस्की सार्वजनिक गरिनु भन्दा केहि दिन अघिदेखि नै सेयर बजारका लगानीकर्ताहरुले सामाजिक सञ्जालमा ‘आई एम नेप्से बुल’ भन्दै फोटो बनाएर सेयर गरेका थिए । आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत हुने तयारी गरेको सागर डिष्टिलरीका लागि नेप्से बुल ह्विस्की भने महंगो पर्ने देखिएको छ । नेप्सेले आफ्नो नाम समावेश गरेकोमा आपत्ति जनाउँदै १५ दिने म्याद तोकेर सच्याउन निर्देशन दिएपछि नेप्से बुलका लागि गरिएको लगानी नै डुब्ने भएको छ । सागर डिष्टिलरीले भोड्का र रोयल ब्ल्यु जस्ता ह्वस्की उत्पादन गर्दै आइरहेको छ । नेप्सेका सीईओ कृष्ण कार्कीले भने अब नेप्से शब्द राखेर प्रवाह भैरहेका सबै सेवाबाट नेप्से शब्द हटाउन लगाउने बताए ।

धितोपत्र बोर्डको ध्यानाकर्षण
नेप्से बुल ह्विस्कीमाथि नेपाल धितोपत्र बोर्डले पनि ध्यानाकर्षण भएको जनाएको छ । बोर्डका अध्यक्ष रमेश हमालले नेप्सेले एक्सन नलिए बोर्डले कठोर कदम चाल्ने बताए । ‘यस विषयमा नेप्सेले केही कदम चालोस भन्ने छ, नेप्से अघि बढेन भने सेबोनले एक्सन लिन्छ’, बोर्ड अध्यक्ष हमालले भने ।

सागर डिष्टिलरी लिमिटेडले अहिले आइपिओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता आइपिओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरी लिमिटेडले भाेड्का, रोयल ब्लु जस्ता व्हिस्की उत्पादन गरिरहेको छ । कम्पनीको उद्योग भने नवलपुरको देवचुलीमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्