Shikhar Insurance

सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार १५:०९
NIMB
Nabil Bank

मुग्लिन । सहकारी संस्थाले उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने स्थानीय जनप्रतिनिधि तथा सहकारी अभियानताले बताएका छन् । इच्छाकामना गाउँपालिकास्थित मर्स्याङ्दी बहुउेश्यीय सहकारी संस्था लिमिटेडको २३औँ साधारणसभाका सहभागीले पछिल्लो समय सहकारी धरायसी अवस्था रहेको भन्दै सदस्यको आयआर्जन वृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा लागनी गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताए। “सहकारी उत्पादनसँग जोडिनुपर्छ । सीपमूलक तालिम तथा आयआर्जन वृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ”, उनले भने।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री जोशीले ब्याजको पनि ब्याज लिने र धेरैले ब्याजको लोभमा सहकारी खोल्ने गरेको बताउदैँ सहकारीविरुद्ध बागमती प्रदेशमा धेरै उजुरी परेका जानकारी दिए। उनले सहकारीका कार्यक्रममा जाँदा पनि सोच्नुपर्ने अवस्था आएको बताए।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद सिलवालले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। पछिल्लो एक दशकयता सहकारी धेरै खुलेको र विकृति बढेको उनको भनाइ थियो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सहकारी संस्थाहरु उत्पादनको क्षेत्रमा जोडिनुपर्ने बताउँदै गाउँपालिका गर्न तयार रहेको उल्लेख गरे। “समृद्धिका लागि सहकारी संस्था उत्पादनमूलक क्षेत्रमा जोडिनुपर्छ”, उनले भने, “गाउँपालिका सीपमूलक तालिमलगायत क्षेत्रमा आवश्यक सहकार्य गर्न तयार छ ।”

इच्छाकामना–३ का वडाध्यक्ष तथा साना कृषि सहकारी संस्था लि दारेचोक कुरिनटारका पूर्वअध्यक्ष नरबहादुर नेपालले सहकारी धेरै हुँदा धरायसी अवस्थामा पुगेको भन्दै समान उद्देश्य भएका सहकारी मर्जरमा जानुपर्ने बताए। सहकारी अभियानता सिर्जना देवकोटाले सहरकारी मर्जरमा जानुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीले सहकारीले उत्पादनको क्षेत्रमा लागनी गर्नुपर्ने र मर्जरमा जानुपर्नेमा जोड दिएका थिए । मर्स्याङ्दी बहुउदेश्यी सहकारी गाउँपालिकाभित्रको सबै भन्दा ठूलो सहकारी हो ।

विसं २०५७ मा दर्ता भएको यो सहकारीले ग्रामिण विद्युतीकरणसहित ऋण तथा बचत, मनि ट्रान्सफर, रेमिट्यान्स, रिचार्ज सेवा, कृषि तथा पशु फार्म, उद्यमशीलता विकास तथा प्रवद्र्धनलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीका अध्यक्ष किशोर गुरुङले जानकारी दिए। उनले समान उद्देश्य भएका गाउँपालिकाभित्रका सहकारीबीच मर्जर अभियान चलाउन साधारणसभा प्रस्ताव पेश गरिएको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्