Shikhar Insurance

चौथो कारोबार दिन पनि ओरालो लाग्यो सेयर बजार

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार १५:३१
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको मंगलबारदेखि ओरालो लागिरहेको सेयर बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २१.४६ अंक घटेर १८२६.२३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २८९ कम्पनीको ३९ हजार ३२२ पटकको कारोबारमा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ३५ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको घटेको छ भने, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९७ प्रतिशत बढेको छ। त्यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ५.४७ प्रतिशत बढेको छ भने माया खोला हाइड्रोपावरको सेयर मूल्य ४.२५ प्रतिशतले बढेको छ। कारोबारमा आएको हिमालयन लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको सेयर मूल्य ६३ रुपैयाँ घटेर ५६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, बाराही हाइड्रोपावरको सेयर मूल्य करिब ७.९८ प्रतिशत घटेको छ भने युनाइटेड इदी मार्दीको सेयर मूल्य ६.७६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस दिन बैंकको ४ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख र एनआईसी एशिया बैंकको ३ करोड ३ लाखको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्