Shikhar Insurance

कोरोना जोखिमका कारण माधव नेपाल समुहले स्थगित गर्यो बैशाख ९ का सबै कार्यक्रम

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले नेकपा स्थापना दिवसका अवसरमा बैशाख ९ गते गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै नेकपाको स्थापना दिवसका अवसरमा बैशाख ९ गते राजधानी काठमाडौंको कमलादी र देशभर आयोजना हुने कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

नेपाल समुहले नेकपा(एमाले)को एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने नारासहित पार्टी एकता दिवस बनाउने कार्यक्रमहरु सार्वजनिक गरेको थियो । सरकारले २५ जना भन्दा बढी भेला भएर सभा सम्मेलन नगर्न अनुरोध गरेपछि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घोषित कार्यक्रम स्थगित गरिएको प्रवक्ता तथा पार्टी सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्