Shikhar Insurance

हिमालयन रिको आईपिओ रोक्नु भनेका छैनौं, धितोपत्र बोर्डले आफैं बुझोस- लेखा समिती सभापति

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार २०:४३
NIMB
Nabil Bank

काठमाडौं । सन्सदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले हिमालयन रिको आइपिओ निष्कासन प्रक्रिया रोक्ने/नरोक्ने विषय धितोपत्र बोर्डकै भएको बताएका छन् । सिंहदरबारसंग कुरा गर्दै समिति सभापति पोखरेलले उजुरीका आधारमा प्रश्न गरेको र बाकी विषय बोर्डकै भएको बताएका हुन् ।

‘हामी कहाँ उजुरी आएको छ, हामीले लेखेर पठाएका छौँ, के गर्ने भन्ने कुरा उहाँहरुकै विषय हो ।’, सभापति पोखरेलले भने । हिमालयन रिको आईपिओ रोक्न भनिएको हो भन्ने प्रश्नमा उनले भने-‘यसमा एस र नो भन्ने उत्तर आउदैन, हामीले प्रश्न सोधेका छौँ, अरु कुरा उहाहरुकै हो’ पोखरेलले थपे ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले उजुरीमा आएका विषय समेटेर धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र जवाफ दिन पत्र लेखेको उनले बताए । तर स्वीकृती पाइसकेका कम्पनीहरुको आइपिओ निष्कासन रोक्ने वा नरोक्ने बारे केही नभनेको पनि उनले स्पष्ट पारे ।
स्वीकृती पाइसकेका कम्पनी र निष्कासनको मिति तय भैसकेका कम्पनीबारे के गर्ने विषय नियामकहरुले नै सोच्नुपर्ने सभापति पोखरेलले बताए ।

समितिले धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई २१ बुदे पत्र लेखेको छ । पत्रमा पनि हिमालयन रिको आइपिओ निष्कासन प्रक्रिया रोक्नु भनिएको छैन । समितिले प्रीमियममा आइपिओ निष्कासनको अनुमती दिने प्रक्रिया र कानुनी आधारमाथी भने प्रश्न गरेको छ । तर फलानो कम्पनीको आईपिओ रोक्नु भनेर कतै लेखेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्