Shikhar Insurance

२५ देशका ७० सीईओ नेपालमा भेला हुँदै, १०० बर्षपछि बैंकिङमा देखिएको चुनौतीसँग जुध्ने उपाय खोज्ने

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार १७:३१
NIMB
Nabil Bank

नेपाल बैंकर्स संघले कात्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फेरेन्स आयोजना गर्दैछ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फेरेन्स आयोजना गर्न लागेका हौं । यसमा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ तथा अध्यक्षसहित उच्च तहका बैंकर सहभागी हुनेछन् । नेपाल बैंकर्स संघको आग्रहमा एशियन बैंकर्स एसोशियसनले नेपालमै पहिलो पटक यो कन्फेरेन्स आयोजना गर्न गर्न लागेको हो । कतिपय पाहुनाहरु नेपाल आईसक्नु भएको छ । कात्तिक २३ गते बिहानबाट आरम्भ हुने कार्यक्रम दुई दिनको हुनेछ ।

‘रोडम्याप फर रिकभरी एण्ड सस्टेनेबल ग्रोथ’को नारासहित कन्फेरेन्स आयोजना गर्न लागेका हौं । यसमा अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उत्पन्न विश्वव्यापी परिस्थिति, एशियामा त्यसले पारेको प्रभावहरुको खोजी हुनेछ । अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । एशियाको बैंकिङलाई कसरी अघि लैजाने ? संकटको घडीबाट कसरी रिकभरीमा लैजाने र सस्टेनेबल कसरी बनाउने भन्नेबारे वृहद छलफल हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हामीले दुई दिनमा चार वटा सेसनको योजना बनाएका छौं । पहिलो सेसनमा ‘ग्लोबल बैंकिङ ट्रेण्ड’बारे छलफल हुनेछ । यसमा विश्वभरको बैंकिङ कसरी अघि बढिरहेको छ ? महंगीको चक्र के हो ? रिसेसनपछि बैंकिङ क्षेत्र कसरी अघि बढ्छ भन्ने बिषयमा छलफल हुनेछ । यसमा अन्तराष्ट्रिय वक्ताहरु पनि समावेश हुनेछन् ।

अर्काे सेसन भनेको डिजिटल ट्रान्सफरमेशनको हो । एशियामा डिजिटल ट्रान्सफरमेसन्स कसरी गर्ने ? अहिले के के भैरहेका छन् ? ग्लोबल ट्रेण्डलाई हामीले कसरी अघि बढाउने भन्नेबारे छलफल हुनेछ ।

अर्काे भनेको इन्भायरोमेन्टल सोसियल गभर्नेन्स(ईएजी)का बिषयमा अर्काे महत्वपूर्ण सेसन सञ्चालन हुनेछ । नेपालमा विदेशी लगानी ल्याउन, ऋण ल्याउनका लागि पनि यो प्राथमिक आवश्यकताका रुपमा स्थापितत भैसकेको छ । यसबारे गहन छलफल गर्नेछौं ।

चौथो सेसन भनेको सीईओहरुको फोरम हो, जसमा अहिले बैंकिङमा देखिएका जल्दाबल्दा बिषयहरुमा छलफल हुनेछ । अहिले एक सय बर्षपछि बैंकिङ क्षेत्रमा यस्तो खालको बिलकुलै नयाँ परिस्थिति निर्माण भएको छ । कोभिड र रसिया–युक्रेन युद्धपछि बैंकिङ क्षेत्र नै अस्थिर बनिरहेको छ । अर्थतन्त्रका परिदृश्यहरु पनि बदलिईरहेका छन् । डिजिटलाइजेशनले पनि नयाँ नयाँ चुनौतीहरु निम्त्याईरहेको छ । यी बिषयहरुमा गहन छलफल हुनेछ ।

त्यस बाहेक नेपालका तर्फबाट हामीले ‘रि–इम्याजिनिङ नेपाल्स इकोनोमी’ भनेर अतिरिक्त सेसन तयार पारेका छौं । नेपाल राष्ट्र बैंकका गभर्नरज्यूको अध्यक्षतामा यो छलफल अघि बढ्नेछ ।

कन्फेरेन्समा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ र अध्यक्षताहरुसहित बैंकका उच्च पदस्थहरुको सहभागीता सुनिश्चित भैसकेको छ । उहाँहरुको ज्ञानलाई हामीले बुझ्ने प्रयास गर्नेछौं । कन्फेरेन्स बिहिबार बिहान साढे ८ बजे भएर शुक्रबारसम्म चल्नेछ ।

यो कार्यक्रमले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ ढंगले अघि बढ्न बाटो देखाउनेछ । एशियाभरका बैंकरहरुको ज्ञान र शिप हामीले लिने प्रयास गर्नेछौं । उनीहरुले भोगेका समस्याहरु सुनेर आफु जोगिने उपायहरु अवलम्बन गर्नेछौं । उनीहरुले देखेका अवसरहरुको लेखाजोखा गर्नेछौं । र नेपालमा सबै ठिक छ र यो लगानीका लागि एउटा उपयुक्त गन्तव्य हो भनेर एशियन बैंकरहरुलाई बुझाउनेछौं ।(नेपाल बैंकर्स संघका अध्यक्ष केसीले दिएको जानकारीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्