Shikhar Insurance

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

सिंहदरबार संवाददाता
२०८० कार्तिक २०, सोमबार १९:०२
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । कोइरालालाई उपमहानिर्देशकमा नियुक्त गरी कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको सिबिफिनले जनाएकाे छ ।

नबिल बैंकबाट स्वेच्छिक अवकास लिएर बाहिरिएका कोइराला बैंकमा वरिष्ठ प्रबन्धकसम्म बनेका थिए । व्यापार प्रशासनमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास लगायत विषयमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट तालिम समेत लिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण लगायतमा कोइरालाको अनुभव छ । कोइरालाको नियुक्तीबाट सिबिफिनले थप उचाइ हासिल गर्ने अपेक्षा गरेको बताएको छ ।

सिबिफिनले बैंकिङ क्षेत्र, लगानीकर्ता तथा निक्षपकर्ताको हित, वित्तीय क्षेत्र सुदृढ लगायतका विषयमा अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार, नियामक र राष्ट्रिय एवं अन्तराष्र्टि«य संघ/संस्थाहरुसँग निरन्तर सहकार्य र सहयोगीको भूमिका निर्वाह गर्दै आएको सिबिफिनले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्