Shikhar Insurance

यस वर्ष कामना सेवा विकास बैंकका सेयरधनीको हात खाली

सिंहदरबार संवाददाता
२०८० कार्तिक २२, बुधबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। अघिल्लो आर्थिक वर्षमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गरेकाे बैंकले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।

बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

सोही निर्णय गरी बैंकले सो आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्