Shikhar Insurance

प्रभु बैंकको लोभलाग्दो प्रगति, वितरणयोग्य नाफा दोब्बर

सिंहदरबार संवाददाता
२०७८ बैशाख १३, सोमबार ०८:५६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु बैंकले २ अर्ब रूपैयाँभन्दा बढी खुद मुनाफा गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रूपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०८ प्रतिशत बढी हो भने वितरणयोग्य मुनाफा १०५.६७ प्रतिशत बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेका कारण खुद मुनाफा बढेको वित्तीय विवरणले देखाउँछ ।

बैंकको खुद ब्याज आम्दानी ६.६ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड पुगेको छ । खुद फि तथा कमिसन आम्दानी ४२.०७ प्रतिशतले बढेर ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा ४६.८५ प्रतिशतले बढेको हो ।

बैंकले हालसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब ३० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य आधाले घटेर १.४८ प्रतिशत पुगेको छ ।
यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 163781055

कर्जा : 134303788

खुद मुनाफा : 2109607

वितरणयोग्य मुनाफा : 1593937

खुद ब्याज आम्दानी : 3835366

सञ्चालन मुनाफा : 3056488

प्रतिसेयर आम्दानी : Rs. 24.79

नेटवर्थ : Rs. 152.86

कोषको लागत : Rs. 4.96

खराब कर्जा : 1.48 %

आधार ब्याजदर : 7.06 %

स्प्रेड दर : 3.5 %

GBIME

प्रतिक्रिया दिनुहोस्