Shikhar Insurance

बिग मर्जरमा जान लागेको हिमालयन बैंकको नाफामा भारी गिरावट, वितरणयोग्य नाफा २ करोडले *वृद्धि

सिंहदरबार संवाददाता
२०७८ बैशाख १४, मंगलवार ०८:१६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन बैंकको नाफा ४४ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा २ अर्ब ३१ करोड नाफा गरेको बैंकले चालु आवमा १ अर्ब २८ करोड ७१ लाख रूपैयाँमात्र खुद नाफा निकालेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ८४ करोड ७६ लाखमा पुगेको छ । वितरणयोग्य मुनाफा गत आवको यही अवधिभन्दा २ करोड बढी हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा घटेका कारण खुद मुनाफा घटेको वित्तीय विवरणले देखाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको खुद ब्याज आम्दानी २९.४५ प्रतिशतले घटेर २ अर्ब ७१ करोडमा सिमित भएको छ । खुद फि तथा कमिसन आम्दानी ४.७४ प्रतिशतले घटेर ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । गत आव बैंकको सञ्चालन मुनाफा ३ अर्ब ८ करोड थियो ।

बैंकले हालसम्म १ खर्ब ३२ अर्ब २४ करोड रूपैयाँ निक्षेप परिचालन गरी १ खर्ब २१ अर्ब ५६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा सामान्य आधाले घटेर ०.८१ प्रतिशतमा सिमित भएको छ ।

यस्ता छन् प्रमुख वित्तीय परिसूचकः (हजार रूपैयाँमा)

निक्षेप : 132240977

कर्जा : 121565802

खुद मुनाफा : 1287157

वितरणयोग्य मुनाफा : 847666

खुद ब्याज आम्दानी : 2710971

सञ्चालन मुनाफा : 1880171

प्रतिसेयर आम्दानी : Rs. 16.06

नेटवर्थ : Rs. 171.81

कोषको लागत : Rs. 4.6

खराब कर्जा : 0.81 %

आधार ब्याजदर : 6.75 %

स्प्रेड दर : 3.35 %

 

* सच्याइएको । यसअघि अन्यथा भएकाले सच्याइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्