Shikhar Insurance

ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको ‘स्क्रिनिब’ सेवा सुचारु

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १७:४५
NIMB
Nabil Bank

ललितपुर । ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गरेको छ । महानगरले आज(वैशाख १२) गतेदेखि स्क्रिनिब सेवा सुचारु गरेको हो ।

३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको एचपीभी डीएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले जनाएको छ । जनचेतना र स्क्रिनिबका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले निशूल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण तथा उपचार सबैको पहुँचमा पुर्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै Pap Smear, VIA भन्दा  HPV DNA विधि सबैभन्दा प्रभावकारी विधि हो ।

उनले भनिन्,’नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको छ ।’

सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरुमध्ये ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सरको “स्क्रिनिब” गर्ने दिगो बिकाश लक्ष्य प्राप्तिका लागि कोशी, मधेश, बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिब सेवा पाईलट प्रोजेक्टको रुपमा शुरुवात गरिसकेको पालिकाले जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्