Shikhar Insurance

महासंघको हेल्लो डाक्टर : भाइबरमा फोन गरेर डाक्टरको परामर्श लिन सकिने

सिंहदरबार संवाददाता
२०७८ बैशाख २५, शनिबार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत पहिलो कार्यक्रम ‘हेल्लो डाक्टर’ सुरु गरेको छ । महासंघले सञ्चालन गरेको कार्यक्रममा डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

भाइवरसँगको सहकार्यमा सुरु गरेको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कामा वैशाख २६ गते आइतबारबाट शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत सहयोग लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हेल्लो डाक्टर भाइवर मार्फत कोभिड संक्रमित बिरामी र डाक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिइने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको काम थालिने छ । त्यसका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।

महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी एफएनसीसीले अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालेको हो ।

नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिनेछन् ।

म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्नेछन् । रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिनेउद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो ।

यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ । हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् ।

आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाए ।

“मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ,” महासंघले भनेको छ, “महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रह समेत गर्दछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्