Shikhar Insurance

भानुभक्तको ठाडो आदेशमा सस्तियो अन्तर्राष्ट्रिय हवाई इन्धन र उडान भाडा !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागुहुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको छ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रियजगत्मा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका थिए ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको ठाडो निर्देशनमा हवाइ इन्धन र भाडा घटेको हो । गत विहीबार हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालले सरोकारवालासँग छलफल गरेका थिए ।

मन्त्री ढकालले इन्धन तथा उड्डयन सम्बद्ध अधिकारीहरुसँग छलफल गरी समायोजनका लागि निर्देशन दिएका थिए ।

मन्त्री ढकालले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसमेतको टोलीलाई भेटी हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिए ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका थिए ।

नेपाल आयल निगमलाई हवाइ इन्धनमा ४० प्रतिशत नाफा थियो । जसले १५ दिनमा डेढ करोड रूपैयाँ हुने गरेको थियो ।

निगम सञ्चालक समितिले इन्धनमा १५ प्रतिशतमात्र नाफा गर्ने नीति पारित गरेको छ ।

हवाइ इन्धनको मूल्य घटाएर भाडा घटाउने वातावरण बनाउने तत्कालीन मन्त्री ढकाल मन्त्रिपरिषदबाट बिदा भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्