Shikhar Insurance

नक्कली कोभिसिल्ड खोपको बिगबिगी, दोस्रो डोज लगाउन नपाएकाहरु फस्दै !

सिंहदरबार संवाददाता
२०७८ असार १३, आईतवार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पूर्वीनाकाहरुबाट नक्कली कोभिसिल्ड खोप नेपाल भित्रिएको फेला परेको छ । भारतो बंगालमा कोरोनाविरुद्धको नक्कली खोप बिक्रि भइरहेको सन्दर्भमा पूर्वी नाकाबाट त्यस्ता खोप नेपाल भित्रिएको पाइएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अनुसार काठमाडौं लगायतका शहरी क्षेत्रमा अवैध रुपमा कोभिसिल्डको खोप भन्दै ३ हजार देखि ५ हजार रुपैयाँ सम्ममा त्यस्तो खोप बिक्रि हुने गरेको सूचना चिकित्सकहरुले दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन पाएका छैनन् । अर्कातिर सरकारी निकायबाट नै खोपहरु गायव भएको समाचार आइरहेका छन् । यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको मञ्चको ठहर छ ।

विश्वव्यापी कोभिड १९ को महामारीका कारण विश्वमा करिव ४० लाख र नेपालमा करिव ९ हजारले ज्यान गुमाइसकेका छन् ।

भारतबाट आयात भएको कोभिसिल्डको खोप लाउने काम गत माघबाट शुरु भएकामा अहिलेसम्म पनि दोस्रो डोजको सुनिश्चिचता छैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्