Shikhar Insurance

परिसंघमा सरगर्मीः ७ जना उपाध्यक्ष चयन, वरिष्ठ को ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरूलाई उपाध्यक्ष चयन गरेको हो ।

परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

परिसंघका उपाध्यक्षमा सिजी इलेक्ट्रोनिक्सका, चितवन उद्योग संघका कृष्णप्रसाद अधिकारी, राजेश मेटल क्राफ्टका राजेशकुमार अग्रवाल, नेपाल आदर्श निर्माण कम्पनीका वीरेन्द्रराज पाण्डे,  राज ब्रुअरीका राजबहादुर शाह, चन्द्रागिरि हिल्स हेमराज ढकाल र लक्की नेपालका रोहित गुप्ता चयन भएका छन् ।

मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरू उपाध्यक्ष भएका हुन् ।

परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भए । उनीहरूको सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।

यी ७ उपाध्यक्षमध्ये एकजना वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्ष परिसंघको अध्यक्ष स्वतः हुने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्