Shikhar Insurance

ई-फार्मको खसी मेला सुरु, फोन गरे घरैमा आउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १८:२६
NIMB
Nabil Bank

काठमाडौं । दशैतिहारलाई लक्षित गरि इ फार्मले खसी मेला सुरु गरेको छ।ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ । साथै इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् ।

उपभोक्ताले बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन्। असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ। इ फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्रि सुरु गरिएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ। ई फार्मको वेबसाईट (www.efarm.live)बाट वा ९८०१८५५५०५, ९८५२०५५९७९ मा फोन गरेर पनि अर्डर गर्न सकिन्छ।

इ फार्मले केहि साताअघि देखि नै अनलाइनबाटै प्रिबुकिङ सुरु गरेको थियो । त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।

धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा इ फार्ममा पाइनेछन् ।

करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ ।

दुई वर्ष अगाडि खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि अन्य कृषि उत्पादनहरुलाई थप्दै ई फार्मको सेवा विस्तार भैरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्