Shikhar Insurance

चितवनमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना हुँदै, कोभिडपछिको पहिलो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । चितवनमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ ।

चितवन उद्योग संघ तथा नेपाल उद्योग परिसंघको आयोजना, मिडिया स्पेस सोलुसन र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा छैटौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, २०७८ आयोजनम हुन लागेको हो । कोरोनाका कारण २ वर्षदेखि रोकिएको प्रदर्शनी यसवर्ष आयोजना गरिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदर्शनीमा कारोबार गर्न भन्दा प्रबर्द्धनलाई केन्द्रित गरिएको छ । यो कोरोनापछिको पहिलो प्रदर्शनी हो । चितवनमा देशकै ठूलो प्रदर्शनी हल बनाएको छ । ६० हजार वर्गफिटमा रहेको एसी हलमा कार्यक्रम आयोजना गरिने भएको हो ।

प्रदर्शनी पुस २ देखि ४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुनेछ । प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि २ सय भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ भने ३० वटा नेपाली लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्क स्टल राखिनेछ ।

नेपालको आर्थिक तथा औद्योगिक गतिमा अघि बढेका बेला कोभिडका कारण धक्का लागेको बेला कोभिड त्रास कम हुनेवित्तिकै प्रदर्शनी आयोजना गर्न लागिएको हो । मेलामा उत्पादन प्रचारप्रसार हुने, प्रविधि भित्र्याउने लगायतका खर्च गरेर विदेशमा प्रदर्शनीका लागि जाने गरिएकामा नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गरिएको हो ।

नेपालमा विदेशी उद्योगी आउने भएकाले मेलामा नेपालीलाई सिक्ने अवसर मिल्नेछ भने आयोजकले नेपाललाई औद्योगिक हब बनाउन सहयोग पुग्ने दाबी गरेको छ । मेलाले व्यावसायिक पर्यटन पनि प्रबर्द्धन गर्नेछ । मेलाले उद्यमशीलतामा नजिक रहेकाले सिकाइको अवसर पाउने तथा बीटुबी मिटिङमार्फत् प्रविधि भित्र्याउन सहयोग पुग्ने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्