Shikhar Insurance

निक्षेप खोज्दा पाउँदैनन्, कर्जा दिन डराउँदैनन् वाणिज्य बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरू ब्याजदरको युद्धमा भएपनि निक्षेप बाहिरिने क्रम भने घटेको छैन । ब्याजदर बढाएर दोहोरो अंकमा पुर्‍याए पनि वाणिज्य बैंकहरूबाट निक्षेप कम हुने क्रमले निरन्तरता पाएको छ भने कर्जा निकाल्ने क्रम पनि उस्तै बढेको हो ।

बैंकहरूलाई अहिले निक्षेप पाउन हम्मेहम्मे पर्ने गरेको छ । यता कर्जा भने खुरूखुरू दिइरहेको तथ्यांकले देखाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) ले सीमा नाघिसक्दा पनि बैंकहरूले कर्जा बढाइरहेका छन् भने कर्जा प्रवाहको स्रोत निक्षेप जुटाउन फेल भइरहेका छन् ।

फलस्वरूप सीडी रेसियो ९०.९३ प्रतिशत पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले निक्षेपको ९० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

संघका अनुसार असोज मसान्तको तुलनामा मंसिर १० गतेसम्म निक्षेप ४९ अर्ब १४ करोड रूपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रूपैयाँमा आइपुगेको छ । पछिल्लो एकसातामा निक्षेप ६ अर्बले कम भएको छ ।

यता कर्जा प्रवाह भने बढ्दो छ । ४० दिनमा कर्जा प्रवाह ५७ अर्ब रूपैयाँ थप भएर ४० खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ ।

पछिल्लो साता वाणिज्य बैंकहरूबाट थप ६ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्