Shikhar Insurance

रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल कन्फेरेन्स, आक्रामक व्यवसाय विस्तारको योजना

सिंहदरबार संवाददाता
२०७९ श्रावण २५, बुधबार १९:१६
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फेरेन्स आयोजना गरेको छ । कम्पनीले आफनो बार्षिक व्यवसाय वृद्धि योजना अन्तर्गत नेशनल कन्फेरेन्स आयोजना गरेको हो । चितवनमा आयोजीत कार्यक्रममा देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको सहभागीता रहेको थियो ।

कन्फेरेन्समा बिशेष गरी कम्पनीको आगामी १ बर्षभित्र गर्नुपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझावबारे छलफल भएको थियो । कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तारबारे पनि छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका १२४ शाखा र केन्द्रिय कार्यालयबाट भेला भएका कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल उच्च व्यवसायिक विचार र लक्ष्य बोकेर अघि बढ्न सुझाव दिए । उनले देशभरबाट प्राप्त भएकाहरुलाई समेटेर व्यवसायीक योजना बनाउने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए ।

दुई दिनसम्म संचालन भएको कन्फेरेन्समा बर्षभरिमा उत्कृष्ठ व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धिको आधारमा समेत सम्मान गरिएको थियो । कार्यक्रममा रिलायन्स साथीहरुलाई व्यवसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो । रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा विस्तार गरी जीवन बीमा व्यवसाय गर्दै आईरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्