Shikhar Insurance

निक्षेपको ब्याजदर घट्दा कर्जाको ३१.६८ प्रतिशतले बढ्यो, सबैभन्दा सस्तो स्ट्याण्डर्ड चार्टर्डमा

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । माघ महिनादेखि लागु हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर घटाइसकेका छन् । तर, माघ महिनादेखि नै लागू हुने गरी कर्जाको ब्याजदर भने ३१.६८ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको पुस मसान्तमा कायम कर्जाको आधारदर अर्थात् बेसरेट चालु आवको सोही अवधिमा ३१.६८ प्रतिशत बढेको हो ।

गत आवको पुस मसान्तमा वाणिज्य बैंकहरुको औषत बेसरेट ८.३० प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा १०.८६ प्रतिशत पुगेको छ । पुस महिनामा कायम बेसरेट नै माघ महिनादेखि लागु हुने हुँदा अघिल्लो आवको माघ महिनामा कर्जा लिएका ऋणीलाई ब्याजको भार चालु आवको माघ महिनादेखि ३१.६८ प्रतिशतले थप भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निक्षेपको  घट्दा किन बढ्यो कर्जाको ब्याजदर ?

वाणिज्य बैंकहरुले माघ महिनादेखि लागू हुन गरी निक्षेपको ब्याजदर भने घटाइसकेका छन् । गत पुस महिनासम्म वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याज दिएका थिए । जसलाई घटाएर माघ महिनादेखि ११ प्रतिशत कामय गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको आम्दानीको स्रोत भनेको नै कर्जा लगानीबाट प्राप्त हुने खुद ब्याज आम्दानी हो । बैंकहरुले निक्षेपकर्तासँग पैसा लिएर सोहीमा स्प्रेड कायम गर्दा निर्धारित बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरी आउने ब्याजदरमा ऋणीलाई कर्जा दिन्छन् । निक्षेपको ब्याजदर घट्दा खर्च घट्न गइ कर्जाको ब्याजदर समेत बैंकहरुले घटाउने गर्छन् ।

माघ महिनामा निक्षेपकर्तासँग लिएको सस्तो निक्षेपको प्रभाव भने कर्जाको ब्याजदरमा अर्को महिना वा अर्को त्रैमासदेखि मात्रै पर्ने छ । राष्ट्र बैंकले बैंकको बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था गरेको हुँदा पुराना ऋणीको ब्याजदर अर्को त्रैमानसदेखि मात्रै घट्ने देखिन्छ भने नयाँ ऋणीको हकमा मासिक रुपमा बैंकले कायम गर्ने बेसरेट अर्थात् फागुन महिनादेखि मात्रै ब्याजदर कम हुने सम्भावना छ ।

बैंकहरुले स्थीर र परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गर्छन् । स्थीर ब्याजदरमा लिएको ऋण कर्जा सम्झौता अवधिभर परिवर्तन हुँदैन भने परिवतिर्तत ब्याजदरको ऋण भने त्रैमासिक रुपमा बेसरेट परिवर्तन हुँदा थपघट हुन्छ । बेसरेट परिवर्तन भएपनि एक पटक गरिएको प्रिमियम परिवर्तन गर्न भने पाउँदैनन् ।

बेसरेट बढ्दा ऋणीको ब्याज कुन बैंकको कतिले वृद्धि ?

यस्तो बेसरेट गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले थप गरेको छ । बैंकबाट गत आवको पुस अवागै कर्जा लिएका ऋणीलाई चालु आवको पुस मसान्तपछि ब्याजको भार ४७.२४ प्रतिशत थप भएको हो । गत आवमा राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ६.६० प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ९.७३ प्रतिशत पुगेको छ ।

यस्तै, एक वर्षको अवधिमा बेसरेट बढाएर ऋणीलाई बढी ब्याजको भार थप गर्नेमा कृषि विकास बैंक दोस्रोमा रहेको छ । गत आवको पुसमा बैंकको बेसरेट ७.५३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ४६.८८ प्रतिशतले थप भएर ११.०६ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा नेपाल बैंकको बेसरेट ४३.०६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ४१.५८ प्रतिशत, एभरेष्टको ३७.३३ प्रतिशत, नबिलको ३६.६७ प्रतिशत, ग्लोबल आइएमईको ३५.१७ प्रतिशत, सानिमाको ३४.४१ प्रतिशत, प्रभु बैंकको ३१.८० प्रतिशत, कुमारी बैंकको ३१.०९ प्रतिशत र लक्ष्मी बैंकको ३०.०९ प्रतिशतले थप भएको हो । बाँकी वाणिज्य बैंकहरुको बेसरेट गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १६.७४ प्रतिशतदेखि ३० प्रतिशतसम्मले वृद्धि भएको छ ।

सस्तो ब्याजदरको कर्जा कुन बैंकमा ?

बैंकहरुले बेसरेटकै आधारमा कर्जाको ब्याजदर तय गर्छन् । कर्जा सम्झौताअनुसार बेसरेट परिवर्तन हुँदा कर्जाको ब्याजदर पनि थपघट हुन्छ । कर्जाको प्रकारअनुसार फरक फरक ब्याजदर तोकिएपनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरुको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुन्छ ।

कर्जा लिन अघि कुन बैंकको बेसरेट कति छ भनेर निक्योल गर्न आवश्यक हुन्छ । जसमा केही प्रतिशत प्रिमियम थप गरी बैंकहरुले कर्जा प्रवाह गरेका हुन्छन् । पुस मसान्तमा कायम बेसरेटकै आधारमा माघ महिनामा बैंकहरुले कर्जाको ब्याजदर तय गरिरहेका छन् ।

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकमा र सबैभन्दा महंगो कुमारी बैंकको छ । स्ट्याण्डर्डको बेसरेट ९.६७ प्रतिशत हुँदा कुमारी बैंकको ११.७३ प्रतिशत रहेको छ ।

यस्तै, पस महिनामा १० वटा वाणिज्य बैंको १० प्रतिशतदेखि १२ प्रतिशतको बीचमा, ७ वटाको १० प्रतिशतदेखि ११ प्रतिशतको बीचमा र ४ वटाको ९ प्रतिशतदेखि १० प्रतिशतको बीचमा बेसरेट कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्