Shikhar Insurance

सानिमा जिआईसीले सेनाका गाडीको तेश्रो पक्ष बीमामा ‘रेट कटिङ’ गरेपछि लफडा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार १२:३९
NIMB
Nabil Bank

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले नेपाली सेनाका गाडीहरुको तेश्रो पक्ष बीमा गराउँदा रेट कटिङ गरेपछि निर्जीवन बीमा क्षेत्रमा लफडा सुरु भएको छ । नेपाली सेनाका सवारी साधनहरुको तेश्रो पक्ष बीमा अघिल्ला वर्षहरुमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गर्दै आएको थियो । कम्पनीले प्रचलित दरभाउमा बोलकबोलबाटै त्यस्तो बीमा गराउँदै आएको थियो । तर यसपाली भने सानिमा जिआईसीले प्रचलित ट्यारिफ भन्दा न्युन दर प्रस्ताव गरि आफ्नो बिजनेश खोसेपछि राष्ट्रिय बीमा कम्पनी रुष्ट बनेको हो ।

सानिमा जिआईसीले आफ्नो व्यवसाय खोसेको मात्रै होइन, बीमा बजारमा ट्यारिफको दररेट नै बिगारेको भन्दै राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र नेपाल बीमा प्राधिकरणमा उजुरी गरेको छ । नेपाली सेनाले २०७९ असोज ५ गते आफ्ना सवारी साधनहरुको तेश्रो पक्ष बीमाका लागि स्वदेशी बीमा कम्पनीहरुलाई दरभाउ प्रस्ताव माग्दै बोलपत्र आव्हान गरेको थियो । सेनाले गत वर्ष नेपाली सेनाका २८४७ वटा सवारी साधनहरुको एक करोड ६६ लाख ६३ हजार ४ सय ७ रुपैयाँ १७ पैसा(भ्याट बाहेक)मा राष्ट्रिय बीमा कम्पनीले तेश्रो पक्ष बीमा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसपाली सेनाका सवारी साधनहरुको संख्या २९२२ वटा पुगेपछि राष्ट्रिय बीमा कम्पनीले भ्याट बाहेक एक करोड ६९ लाख १३ हजार ९ सय ७० रुपैयाँ प्रस्ताव गरेको थियो । तर सानिमा जिआईसीले भने एक करोड ४० लाख ५९ हजार ७० रुपैयाँ सेनाको बिजनेश हात पार्न सफल भयो । सेनाको बिजनेश हात पार्न सानिमा जिआईसीले बीमा प्राधिकरणद्धारा तोकिएको बीमा शुल्क(ट्यारिफ)को मापदण्ड उल्लंघन गरेको आरोप राष्ट्रिय बीमा कम्पनीको छ ।

कम्पनीले आवश्यक छानविन गरि कारवाही गर्न अनुरोध गर्दै बीमक संघ र बीमा प्राधिकरणमा उजुरी नै गरेको छ । हाल तेश्रो पक्ष बीमा पोलिसी पुल मार्फत सञ्चालन हुँदै आएको छ । पुनर्बीमा कम्पनीमा तेश्रो पक्ष बीमाको विस्तृत विवरण पठाउने व्यवस्था छैन् । कम्पनीहरुले सवारी साधनहरुको संख्या र बीमा रकम एकमुष्ठ उल्लेख गरि पठाउने गरेका छन् । यो बीमामा नेपाल पुनर्बीमा कम्पनीले समेत नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ ।

के भन्छ बीमा प्राधिकरण ?
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सानिमा जिआईसी विरुद्ध उजुरी आएको बताए । उनले उजुरीमाथि अध्ययन भैरहेको र कम्पनीसँग विस्तृत विवरण मागेर पत्राचार गरिएको बताए । ‘हामीले पत्र लेखेर विस्तृत विवरण मागेका छौं, गलत गरेको देखिए कारवाही हुन्छ’, प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने । सानिमा जीआईसीले रेट कटिङ गरेको पुष्ठि भएमा २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । प्राधिकरणले केहि दिन अघि मात्रै उधारो बीमा गरेको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई दुई दुई लाख रुपैयाँ जरिवाना गराएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्