Shikhar Insurance

मंगलबार माधव नेपाल पक्षधर अखिलको राष्ट्रिय भेला, सुदेश पराजुली अध्यक्ष बन्दै

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अखिलले भोली मंगलबार राजधानीमा राष्ट्रिय भेला डाकेको छ । बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलालाई पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । भेलामा सहभागी हुन देशभरबाट कार्यकर्ताहरु राजधानी आईसकेका छन् । भेलाले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ ।

सुदेश पराजुलीलाई अध्यक्ष र आरती लामालाई महासचिव बनाउने सहमति भैसकेको छ । वसिम आलमलाई सह अध्यक्ष बनाउन लागिएको श्रोतले बतायो । अन्य पदाधिकारी तथा सचिवालय र केन्द्रिय सदस्यहरुको भने टुंगो लागिसकेको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पार्टी अध्यक्ष केपी ओलीले एकलौटी ढंगले पार्टी चलाउन थालेपछि चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर नेपाल समुहले देशभर संगठन बनाउने निर्णय गरेको थियो । हालसम्म नेपाल समुहले अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा नयाँ नेतृत्व छानिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्