Shikhar Insurance

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १९:०२
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको समिति बैठकले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि २०८० जेठ २९मा समितिले नयाँ स्टक र ब्रोक्रर लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएको थियो । समितिले केही महिना अघि नै ब्रोकर लाइसेन्स वितरणको बाटो खोलिदिएको थियो । सोही अनुसार नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स लिएर पनि कारोबार थालिसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्त्री परिषद बैठकबाट २०८० बैशाख २८मा नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेका थिए । संसदीय समितिले लाइसेन्सको बाटो खोलिदिएपछी अब भने सरकारमाथि पनि दवाब बढेको छ । नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्बोच्च अदालतको संबैधानिक इजलासले यसअघि नै आदेश दिईसकेको छ ।

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् । यी तीनमध्ये हिमालयन र नेसनलबिच प्रतिस्पर्धा छ ।
हिमालयन स्टकमा दीपक भट्टको नेतृत्वमा शंकर ग्रुप लगाएतको लगानी छ भने दीपक तिमिल्सिना नेतृत्वको नेसनल स्टकमा उपेन्द्र महतो, मनोज केडिया लगाएतको लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्