Shikhar Insurance

५० प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गर्न पिपुल्स पावरको साधारण सभा आज बस्दै

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १०:३८
NIMB
Nabil Bank

काठमाडौं । पिपुल्स पावर कम्पनीले वार्षिक साधारण सभा आज (वैशाख १७ गते) बस्दै छन् । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको छैठौँ र सातौँ वार्षिक साधारण सभा आज लिसारा बैङक्यौट नक्साल काठमाडौंमा बस्ने भएका हुन् ।

सभामा कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्नेछ । सभामा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्तात पारित हुनेछ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी पारित गर्नेछ।

सभामा संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साथै, सभा प्रयोजनका लागि कम्पनीले चैत २९ गते बुकक्लोज गरि सकेको छ । जसअनुसार चैत २८ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्