Shikhar Insurance

यो हप्ता डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद १० लाख पाउने

सिंहदरबार संवाददाता
२०८० मंसिर ६, बुधबार १२:३०
NIMB
Nabil Bank

काठमाडौं । “डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ । लक्की ड्र मार्फत २०८० मंसिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ ।

असोज १, २०८० देखि मंसिर ११, २०८० दिउँसो १२ वजे सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि हरेक हप्ता सुपरस्टार बनि नगद १ लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार वनि नगद १० लाख जित्ने मौका आएको छ । मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्