Shikhar Insurance

नविलसँग मर्जरको हल्ला चलेको गरिमाको नौ महिने ग्राफः नाफा र व्यवसाय दुबैमा छलाङ

सिंहदरबार संवाददाता
२०७८ बैशाख ९, बिहीबार ११:५१
NIMB
Nabil Bank

काठमाडौं । नविल बैंकसँग मर्जरको हल्ला चलिरहेको गरिमा बैंकले प्रगतिको ग्राफ बढाउँदै लगेको छ । बैंकले चालु आवको नौ महिने अवधीमा नाफा ६७ करोड ८२ लाख पुर्याएको छ । जबकी गत आवको चैत मसान्त अवधीमा बैंकको त्यस्तो नाफा जम्मा ४९ करोड ६४ लाख रुपैयाँ मात्रै थियो ।

गरिमाको वितरणयोग्य नाफा नै ४९ करोड २ लाख रुपैयाँ छ । ३ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको गरिमाको जगेडा कोषमा ९३ करोड रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले ९ महिनासम्ममा ५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको चैत मसान्त अवधीमा बैंकको त्यस्तो निक्षेप ४२ अर्ब ४३ करोड थियो भने कर्जा लगानी ३४ अर्ब ८६ करोड रुपैयाँ मात्रै थियो ।

गरिमाको प्रति सेयर आम्दानी २४.६० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा जम्मा ०.५८ प्रतिशत छ भने स्प्रेड दर ४.८१ प्रतिशत छ । गरिमाको कस्ट अफ फण्ड ६.१४ प्रतिशत रहँदा आधार ब्याजदर ८.१६ प्रतिशत छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्