Shikhar Insurance

पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजी शतप्रतिशतले बढाउने निर्णय, १५ दिनभित्र योजना पेश गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजी शतप्रतिशतले बढाउने निर्णय गरेको छ । हाल १० अर्ब रुपैयाँ चुक्ता पुँजी अनिवार्य रहेका पुनर्बीमा कम्पनीहरुले अब त्यस्तो पुँजी २० अर्ब कायम गुर्नपर्नेछ । प्राधिकरणले आगामी १५ दिन भिन न्युनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने सम्बन्धी योजना पेश गर्न पत्र समेत काटिसकेको छ ।

‘चुक्ता पुँजी न्युनतम २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय सञ्चालक समितिले गरेको छ, त्यसका लागि आगामी १५ दिन भित्र योजना पेश गर्र्नु भनेका छौं’, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने । कम्पनीहरुले आगामी एक बर्षभित्र आफ्नो चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने योजना १५ दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल नेपाल रि र हिमालयन रि गरि दुई वटा कम्पनी पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल सरकारको समेत लगानी रहेको नेपाल रिको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने निजी क्षेत्रको अगुवाईमा स्थापना भएको हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।

दुबै कम्पनीले हकप्रद वा एफपीओ मार्फत चुक्ता पुँजी वृद्धि गर्नुपर्नेछ । नेपाल रिले एफपीओ जारी गर्न सक्ने अवस्था छ भने हिमालयन रिले हकप्रद सेयरकै बाटो रोज्नुपर्ने देखिन्छ । बीमा कम्पनीहरुकै चुक्ता पुँजी १० अर्ब भन्दा बढी पुगिसकेको अवस्थामा अब पुनर्बीमा कम्पनीहरुले सानो पुँजीमा व्यवसाय गर्न नसक्ने निष्कर्षसहित पुँजी वृद्धिको निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बताए ।

नेपाल रिले ५६.१ प्रतिशत पुँजी वृद्धि गर्नुपर्छ भने र हिमालयन रिले एक सय प्रतिशतले चुक्ता पुँजी बढाउनु पर्नेछ ।

प्राधिकरणले यस अघि नै जीवन बीमा कम्पनीका लागि न्युनतम चुक्तापुँजी ५ अर्ब र निर्जीबन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ तोकेको थिए । सोही व्यवस्था अनुसार बीमा कम्पनीहरु बीच मर्जरको लहर नै चलेको थियो । केहि कम्पनीहरुले भने लाभांश, सम्पति बिक्रि, हकप्रद लगायतका उपायबाट पुँजी पुर्याउने प्रयास गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्