Shikhar Insurance

भारतमा पेटिएम डिजिटल बैंक बन्द गर्ने आरबीआईको निर्णय

कीर्ति दुबे
२०८० माघ १९, शुक्रबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं ।  भारतीय रिजर्भ बैंक अर्थात आरबीआईले पेटिएम पेमेन्ट बैंकमाथि प्रतिबन्द लगाउने घोषणा गरेको छ । आरबीआईका अनुसार पेटिएमका कैयौं सेवाहरु फेब्रुअरी २९ तारिखदेखि बन्द हुनेछन् ।

पेटिएमले आरबीआईका नियमहरुको गम्भिर उल्लंघन गरेपछि कारवाहीको कठोर कदम चालेको बताएको छ । आरबीआईको घोषणापछि पेटिएमको सेयर मूल्यमा भारी गिरावट आएको छ । बिहिबार सेयर कारोबार खुल्नु अघि नै पेटिएमको सेयर मूल्यमा २० प्रतिशतले गिरावट आएको थियो । पेटिएमको सेयर मूल्य ६०९ रुपैयाँमा झरिसकेको छ । आरबीआईको कारवाहीपछि भारतीय डिजिटल पेमेन्ट बजारमै ठूलो धक्का लाग्नेछ किन की डिजिटल पेमेन्ट बजारमा पेटिएमको हिस्सा १६–१७ प्रतिशत रहेको छ । यसबाट करोडौं नागरिक प्रभावित हुनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आरबीआईको कारवाहीमा के छ ?
यसबारेमा आरबीआईले एक विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिका अनुसार पेटिएमको अडिट रिपोर्ट र बाह्य अडिट रिपोर्टमा फरक पाईएको छ र कम्पनीले आरबीआईका थुप्रै नियमहरुको उल्लंघन गरेको छ । बैंकिङ रेगुलेशन एक्ट को ३५ ए नियम बमोजिम फेब्रुअरी २९ तारिखदेखि पेटिएम बैंकका ग्राहकहरुले कुनै पनि क्रेडिट–डिपोजिट, कारोबार, वालेट ट्रान्सफर लगायतका सेवा प्रयोग गर्न पाउने छैनन् ।

पेटिएमबाट उपभोक्ताहरुले आफ्नो रकम निकाल्न र त्यसको प्रयोग गर्न भने पाउनेछन् । २९ फेब्रुअरीपछि पेटिएम पेमेन्ट्स बैंक लिमिटेडका उपभोक्ताले यसको प्रयोग गर्न पाउने छैनन् । मार्च १५ भित्र पेटिएमको नोडल एकाउन्ट सेटल गरिसक्न पनि भनेको छ ।

आरबीआईको कारवाही प्रति पेटिएमले के भन्यो ?
पेटिएमको मातृ कम्पनी वन९७ कम्युनिकेशन अर्थात ओसिएलले पेटिएम बैंक आरबीआईको निर्देशनको पालना गर्ने तयारी गरिरहेको बताएको छ ।
ओसिएलले भनेको छ–एक पेमेन्ट कम्पनी हुनुको नाताले ओसिएलले केबल पेटिएम पेमेन्ट्स बैंक मात्रै नभएर अन्य कैयौं बैंकहरुसँग काम गरिरहेको छ । हामी आरबीआईको निर्देशन कार्यान्वयनको काम तिब्र गतिमा अघि बढाईरहेका छौं, जब रोक लागु हुनेछ, त्यतिञ्जेल हामी पूर्णतः आफ्ना पार्टनर बैंकहरुमाथि निर्भर भैसक्नेछौं ।’
कम्पनीले अघि भनेको छ–भविष्यमा ओसिएल पेमेन्ट बैंक नभएर अन्य बैंकहरुसँग मात्रै काम गर्नेछ ।

पेटिएम बैंक के हो ?
आरबीआईको फैसलाको के असर पर्छ भन्ने बुझ्नु अघि पेटिएम बैंक के हो र यो आम बैंक भन्दा कसरी फरक छ भन्नेबारे बुझ्नु आवश्यक छ । पेटिएम पेमेन्ट बैंकमा केबल पैसा जम्मा गर्न सकिन्छ । यो कम्पनीसँग ऋण दिने अधिकार हुन्न । यसले डेबिट कार्ड जारी गर्न सक्छ तर क्रेडिट कार्ड जारी गर्न सक्दैन । क्रेडिट कार्ड जारी गर्नु परेमा यसलाई अन्य कुनै नियामकसँग अनुमति लिनु आवश्यक हुन्छ ।

अर्थात यो एउटा पैसा जम्मा गर्ने खाता हो, आम रुपमा मर्चेन्टलाई जुन भुक्तानी गरिन्छ, त्यो पेटिएम एकाउन्टमा जम्मा हुन्छ र पछि उनीहरुको बैंक खातामा जम्मा हुन्छ ।
त्यसको सट्टामा पेटिएमले आफ्ना ग्राहकलाई क्रेडिट पोइन्ट उपलब्ध गराउन्छ । पेटिएमको मातृ कम्पनीको नाम वन९७ कम्युनिकेशन्स हो र यो कम्पनीसँग प्रिपेट पेमेन्ट इन्स्ट्रुमेन्ट अर्थात पीपीआईको लाइसेन्स छ । कम्पनीले सन २०१७ सालमा पेटिएम पेमेन्ट बैंक सुरु गर्न त्यो लाइसेन्स प्रयोग गरेको थियो ।

फिनटेक बजारमा के असर पर्ला ?
उद्यमी तथा भारत पेका संस्थापक अशनिर ग्रोवरले आरबीआईको यो फैसलाले भारतमा फिनटेक क्षेत्र नै समाप्त हुने टिप्पणी गरेका छन् । आरबीआईले फिनटेकको व्यवासाय नै नरुचाएकाले यस बिषयमा वित्त मन्त्री र प्रधानमन्त्रीले नै सोच्नुपर्ने आवश्यकता रहेको पनि ग्रोवरले बताएका छन् । उनले संसारभर युपिआईको ढोल पिटेर त्यसको आरम्भ गर्नेहरुमाथि कारवाही गरिनु सर्वथा गलत भएको टिप्पणी पनि उनले गरेका छन् ।

पेटिएमका सेयरधनीहरुको धारणा के छ ?
आरबीआईले पेटिएमको सम्बन्धमा निर्णय गरेपछि नै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आईरहेको छ । र यो क्रम अझै जारी रहने अनुमानहरु भैरहेका छन् । पेटिएमका तीन क्षेत्र छन्, तिमध्ये एउटा क्षेत्र बन्द हुँदैछ ।
पेटिएमका अन्य दुई सेवा पेटिएम वालेट र युपिआई भने जारी रहनेछ । त्यसले बजारको गिरावट रोक्न कस्तो भूमिका खेल्नेछ भनेर हेर्न भने बाँकी नै छ । बीबीसी हिन्दी सेवाबाट अनुवाद

 

GBIME

प्रतिक्रिया दिनुहोस्