Shikhar Insurance

प्रधानमन्त्रीलाई ‘क्रस’ गर्दै अर्थमन्त्रीले घोषणा गरे बजेटको सिलिङ, ‘योजना आयोगले पास गरेकै छैन’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्रीसँग सम्बन्ध चिसिएको चर्चाका बिच अकस्मात पत्रकार सम्मेलन गरेका अर्थमन्त्री डा. प्रकाश शरण महतले फेरि प्रधानमन्त्रीलाई क्रस गरेका छन् । राष्ट्रिय योजना आयोगको स्रोत समितिले बजेटको सिलिङ नै तय नगरि अर्थमन्त्री डा. महतले आगामी आर्थिक बर्षका लागि १८ खर्बको बजेट सिलिङ तय भएको घोषणा गरिदिएका हुन् । जबकी योजना आयोगको स्रोत समिति बैठकमा अर्थमन्त्रालयले १५.५ खर्बको प्रस्ताव गरेको थियो भने आयोगका तर्फबाट १८ अर्ब भन्दा बढीको बजेट ल्याउनुपर्ने प्रस्ताव गरिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने २० खर्ब भन्दा ठूलो आकारको बजेट ल्याउनुपर्ने धारणा राखेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मन्त्रालयले साढे १५ खर्बमा अडान राखेको थियो, हामीले साढे १८ खर्ब भनेका थियौं, प्रधानमन्त्रीज्यूको कुरा २० खर्ब भन्दा ठूलो बजेट ल्याउनुपर्ने थियो । तर अहिलेसम्म आयोगले बजेटको सिलिङ पास गरेको छैन्’, योजना आयोगका एक सदस्यहले सिंहदरबारसँग भने । तर अर्थमन्त्री डा. प्रकाश शरण महतले भने शुक्रबार पत्रकार सम्मेलन नै गरेर १८ खर्बको बजेट सिलिङ प्राप्त भएको घोषणा गरिदिएका हुन् । प्रधानमन्त्रीसँग खटपट बढाउँदै लगेका अर्थमन्त्री डा. महतले पत्रकार सम्मेलनबाटै बजेटको सिलिङ घोषणा गरेपछि योजना आयोग पनि झस्किएको छ ।

‘प्रधानमन्त्रीज्यूको कुरा अर्कै थियो, तर अर्थमन्त्रीले पत्रकार सम्मेलन नै गरेर बजेटको सिलिङ तोकेपछि उहाँहरुबीच अझै दुरी बढ्ने देखियो ।’ योजना आयोग स्रोतले भन्यो ।
त्यसो त अर्थमन्त्री डा. महतले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डलाई निरन्तर क्रस गर्दै आएका छन् । हरेक जसो बिषयमा उनको प्रधानमन्त्रीसँग फरक मत रहँदै आएको छ, जुन तथ्यलाई उनले शुक्रबारको पत्रकार सम्मेलनमै पनि स्वीकार गरेका छन् । ‘प्रधानमन्त्रीसँग बजेट लगायतका बिषयमा छलफल भैरहेका छन्, उहाँहरुले आफ्ना कुरा राख्नुहुन्छ, हामी आफ्ना कुरा राख्छौं । केहि बिषयमा प्रधानमन्त्रीसँग फरक मत छन् ।’ अर्थमन्त्री डा. महतले शुक्रबारको पत्रकार सम्मेलनमै भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्