Shikhar Insurance

इन्डोनेसियाले खाद्य आत्मनिर्भरता बढाउन स्थापना गर्‍यो अमोनियम नाइट्रेट प्लान्ट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:४४
NIMB
Nabil Bank

एजेन्सी । इन्डोनेसियाद्वारा दक्षिणपूर्वी एसियालीको कालिमान्टन टापुमा अमोनियम नाइट्रेट प्लान्टको स्थापना गरिएको छ । देशलाई खानामा आत्मनिर्भर बनाउने उद्देश्यले अमोनियम नाइट्रेट प्लान्टको स्थापना गरिएको हो ।

अमोनियम नाइट्रेट नामक रसायन मल र विस्फोटक पदार्थमा प्रयोग गरिन्छ । प्लान्टको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्लान्टको स्थापनाले इन्डोनेशियामा आयात हुँदै आएको अमोनियम नाइट्रेटको मागलाई आंशिक सम्बोधन गर्न सकिने बताएको छ । उनले भने,“प्लान्टको स्थापना देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने रहेको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

इन्डोनेशियाले आफ्नो प्रयोगका लागि करिब २१ प्रतिशत अमोनियम नाइट्रेट विदेशबाट आयात गर्छ । पूर्वी कालिमान्टन प्रान्तको बोन्टाङमा अवस्थित नयाँ प्लान्ट संयुक्त रूपमा देशका तीन राज्यका सरकारी कम्पनीहरू, पिटि पुपुक काल्टिम, पिटि दहाना र पिटि काल्टिम अमोनियम नाइट्रेटको स्वामित्वमा छ र यसको बार्षिक क्षमता ७५ हजार टन उत्पादन रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्