Shikhar Insurance

टीभी बजारमा लगातार ११ वर्षसम्म एलजिको ओएलईडि टीभीको प्रभुत्व कायम

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १६:४४
NIMB
Nabil Bank

काठमाडौं । एलजिले गत वर्ष बिश्व ओएलईडि बजारमा ३ मिलियन ओएलईडि टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ । बजार अनुसन्धान कम्पनीका अनुसार एलजी शिपमेन्टका आधारमा बजारमा ५३ प्रतिशतको प्रभावशाली सेयर हासिल गरी शीर्ष स्थानमा परेको हो ।

प्रीमियम अल्ट्रा९लार्ज टेलिभिजनको माग तेजीले बढ्दै गइरहेका कारण एलजिले आफ्ना ओएलईडि टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओएलईडि टेलिभिजन मोडेलहरूसहित बिस्तार गर्दैछ, जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत एआई प्रोसेसरहरू, α(अल्फा))११ एआई प्रोसेसर पनि समाविष्ट रहनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एलजिको नवीनतम ओएलईडि टेलिभिजनहरूले वेब ओएस टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह९मनोरंजन अनुभव प्रदान गर्नेछ । ग्लोबल टीभी बजारको शिपमेन्ट पछिल्लो वर्ष कुलमा २०१ मिलियनभन्दा बढी थियो, जुन पूर्व वर्षको तुलनामा थोरै कम हो । एलसीडी टीभीको शिपमेन्ट पछील्लो दुई वर्ष लगातार २०० मिलियन युनिट भन्दा कम रहेको थियो, जबकि ओएलइडी टीभीको शिपमेन्ट एलजी सहित ५.६ मिलियन पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्