Shikhar Insurance

सरकारको ढुकुटी १ खर्ब २१ अर्ब ऋणात्मक बनाएर बाहिरिदैं अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार १२:४२
NIMB
Nabil Bank

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महत ११ महिना ४ दिन मन्त्रालय सम्हालेर बाहिरिने भएका छन्।

कठिन समयमा मन्त्रालय सम्हाल्न आइपुगेका मन्त्री महतले राज्यको ढुकुटी १ खर्ब २१ अर्ब २९ करोड ऋणात्मक पार्दै बाहिरिने भएका हुन्। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आइतबारसम्ममा (फागुन २० गते) सरकारले ७ खर्ब ५२ अर्ब २२ करोड खर्च गरेको छ। यस्तै प्राप्तितर्फ भने ६ खर्ब ३० अर्ब ६३ करोड रहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

खर्चको तुलनामा आम्दानीमा गिरावट आएपछि सरकारले धमाधम आन्तरिक ऋण असुल गरिरहेको छ। वाह्य ऋण परिचालनमा सरकार कमजोर बन्दा महँगो व्याजदरको आन्तरिक ऋण उठाउन सरकार बाध्य भएको हो। चालु वर्ष सरकारले २ खर्ब ४० अर्ब आन्तरिक ऋण असुल गर्ने लक्ष्य लिएको छ।

सार्वजनिक ऋण व्यावस्थापन कार्यालयकव तथ्यांक अनुसार सरकारको कुल सार्वजनिक ऋण २४ खर्ब नाघिसकेको छ।

खर्चतर्फ सबैभन्दा धेरै चालु शिर्षकमा ५ खर्ब ५४ अर्ब २६ करोड खर्च भएको छ। यस्तै वित्तिय व्यावस्थातर्फ १ खर्ब २४ अर्ब ८१ करोड खर्च हुदाँ विकास खर्च ७३ अर्ब १४ करोड मात्रै खर्च भएको छ।

चालु वर्षको ९ महिना सकिन लाग्दा विकास खर्च २४.२२ प्रतिशत मात्रै भएको छ। प्राप्तितर्फ सरकारले कर राजस्व र गैरकर राजस्व शिर्षकमा सुकारले ६ खर्ब ५ अर्ब ९७ करोड प्राप्ति गरेको छ। यस्तै अनुदान शिर्षकमा २ अर्ब १८ करोड मात्रै प्राप्त गरेको छ।

१७ खर्ब ५१ अर्बको महत्वकाँक्षी बजेट घोषणा गरेर मैदान उत्रिएका मन्त्री महतले ६ महिनामै २ खर्ब २१ अर्बले बजेट खर्च कम हुने संशोधित अनुमान पेश गरेका थिए। सरकारले सोचेअनुरुप राजस्व परिचालन गर्न नसक्दा खर्चको संशोधित अनुमान गर्नु परेको हो ।

मन्त्री महतले सरकारले सकार्नु पर्ने दायित्वलाई समेत अस्वीकार गरेका थिए। कोरोना बिमाको ११ अर्ब भन्दा धेरै दायित्व उनले भुक्तानी दिन अस्वीकार गरेका हुन्। यस्तै विभिन्न निर्माण व्यावसायीको भुक्तानी गर्न बाँकी रहेको रकम पनि दिन मानेका थिएनन।

पछिल्लो समय आगमी आर्थिक वर्ष २०८०/०८१ को नयाँ बजेटलाई लिएर अर्थमन्त्री र प्रधानमन्त्रीबिच दुरी बढिरहेको थियो। ठूलो बजेट ल्याउन दबाब दिएको प्रधानमन्त्री कार्यालय बजेटको अर्धवार्षिक समिक्षामा समेत सन्तुष्ट रहेका थिएन।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्